निधिले भेटे भारतीय विदेशमन्त्री स्वराज

Google+ Pinterest LinkedIn Tumblr +

भाद्र ३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री निधिले शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गरेका थिए ।

निधिले साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि शुक्रबार भारत प्रस्थान गरेका थिए । रासस

Share.

Leave A Reply