दुई दिन अघि कांग्रेस केन्द्रीय समितिको बैठक सर्‌‍यो

Google+ Pinterest LinkedIn Tumblr +

नेपाली कांग्रेसले यही साउन ९ गतेका लागि तोकेको केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ। बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले साउन ९ गते बस्ने भनिएको बैठक ७ गतेका लागि सारेको जानकारी दिएको छ।

कांग्रेसका केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठकको मिति हेरफेर भएको र बैठक साउन ७ गते पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।

समसामयिक विषयमा निर्णय गर्नुपर्ने भएकाले बैठक २ दिन अगाडि सारिएको र बैठकमा सरकारलाई पूर्णता दिने, तेस्रो चरणको निर्वाचन आदिका बारेमा छलफल हुने जनाइएको छ।

Share.

Leave A Reply