नारीले नारीलाई सकरात्मक सोचौँ

Google+ Pinterest LinkedIn Tumblr +

फाल्गुन २४
अन्तराष्टिय १०९औँ नारी दिवसको अवसरमा नारीले नारीलाई सकरात्मक सौचौँ राख्न जरुरी रहन्छ ।२१ शताब्द्धीमा पनि नेपाली महिलाहरुको धारणामा पुर्ण रुपमा परिवर्तन आउँन सकेको छैन । ३६४ दिन महिलाले नै महिलालाई पिडित बनाई रहेको हुन्छ । तथानाम गाली तथा एक अर्कोको टिकाटिप्णी गरि अपमानित गरिरहेका हुन्छन ।प्रत्येक वर्ष फाल्गुन २४ गते एकदिन नारी स्वातन्त्रको र जागरणका कुरा गरेर नारा लगाएर नारी दिवस मनाउँछन ।माथिलो तहमा रहेका महिला नेत्रित्व वर्गका महिलाहरुले नै सामन्य महिलाहरुलाई हेपिरहेका हुन्छन । तर तिनै नेत्रित्वमा रहेका महिलाहरुले वर्षमा एक पटक उनिहरुको आवश्यकता अनुसार सिधा सोझा महिलाहरुलाई सडकमा नारा लगाउन सडक तताउन सडकमा उत्र्ताछटन । महिला अधिकारको कुरा गर्छन बास्तबमा एक नारीले अर्को नारीलाई होच्याएर महिलाले आफ्नो अधिकार आफै खोसिरहेका हुन्छन ।नारी हो सक्छौ भने नारीले नारीलाई इज्जत र सहयोग गरेर हेर्नु जरुरी छ । तब मिल्छ खुसि र नारी हुनको गर्ब महसुस नत्र १ दिन नारी स्वतन्त्रको कुरा गरेर नारा लगाउँदैमा मात्र महिलाहरुको जिवन शैलिमा परिर्वतन हुँदैन ।नारीलाई नारीको जरुरत बुझ्न सकेर एक अर्काको परिपुरक बन्न सके एक नारीले अर्को प्रति सकरात्मक सोच र धारणा बनाए नारीत्वको पचिानको साथै महिलाको जिवन शैलिमा आमुल परिवर्तन आउँने छ ।तर्सथ सकरात्मक सोचौँ सधै नारी एकता कायम राखौँ । जय नारी जगत अन्तराष्टिय १०९ औँ नारी दिवसको सुभकामना ।
लेखक
रमिला योञ्जन –पोखरेल
सदस्य ÷राष्टिय महिला अधिमार मञ्च

Share.

Leave A Reply